भारत र न्युजिल्याण्डबीच नोभेम्बर १७ देखि सुरु हुन गइरहेको टी–२० सिरिजमा भारतीय टोलीको कप्तानी रोहित शर्माले गर्ने भएका छन्।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले न्युजिल्याण्डसँग खेल्ने टोलीको घोषणा गर्दै रोहित शर्माले विराट कोहलीको स्थान लिने बताएको हो। विराट कोहलीलाई आराम दिइएको बीसीसीआईले बताएको छ।
हालै मात्र टी–२० विश्वकपमा भारत सुपर१२ को समूहचरणबाटै बाहिरिएको छ। कोहलीले यसअघि नै टी–२० विश्वकपपछि भारतीय टोलीको कप्तानी नगर्ने घोषणा गरेका थिए।
बीबीसीआईले घोषणा गरेको टोलीमा विश्वकप खेलेका रवीन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद शमी, हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीलाई पनि समावेश गरिएको छैन। टोलीको उपकप्तानको जिम्मेवारी केएल राहुललाई दिइएको छ।
Shares

प्रतिक्रिया