२४ वर्षपछि अष्ट्रेलियाको क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्ने भएको छ।
अष्ट्रेलियाको क्रिकेट बोर्डले सन् २०२२ को मार्च र अप्रिलमा पाकिस्तानको भ्रमण गर्ने घोषणा गरेको हो। यो टुरमा तीन टेस्ट, तीन एक दिवसीय र एउटा टी–२० खेल हुनेछ। उक्त खेलहरु कराँची, रावलपिण्डी र लाहोरमा हुनेछन्।
टी–२० विश्वकपको सेमिफाइनलमा यी दुई टोलीबीचको खेल हुनुअघि यस्तो घोषणा भएको हो। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रामिज राजाले अष्ट्रेलियाले पाकिस्तान टुरको घोषणा गरेकोमा खुसी व्यक्त गरेका छन्।
यसअघि अन्तिमपटक सन् १९९८ मा अष्ट्रेलियाले पाकिस्तानको भ्रमण गरेको थियो। त्यतिबेला अहिले अष्ट्रेलियाका मुख्य प्रशिक्षक रहेका जस्टिन लन्गर टेस्ट टोलीका एक सदस्य थिए।
दुई महिनाअघि न्युजिल्याण्डले सुरक्षा चुनौतीको कारण देखाउँदै पाकिस्तान भ्रमण रद्द गरेको थियो। त्यसअघि इंगल्याण्डले पनि पाकिस्तानको भ्रमण रद्द गरेको थियो।
Shares

प्रतिक्रिया