खेल


क्रिस गेलले भने– मैले सन्यास लिएको छैन, अर्को विश्वकप खेल्न चाहन्छु

क्रिस गेलले भने– मैले सन्यास लिएको छैन, अर्को विश्वकप खेल्न चाहन्छु

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ११:३६, काठमाडौँ

वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास नलिएको बताएका छन्।

शनिबार भएको वेस्ट इन्डिज र अष्ट्रेलियाबीचको खेलमा उनलाई र डीजे ब्राभोलाई गार्ड अफ अनरको सम्मान दिइएको थियो। यस्तोमा गेलको लागि पनि यो विश्वकप अन्तिम हुन सक्ने अनुमान गरिएको थियो। 

अष्ट्रेलियाले ८ विकेटले खेल जितेपछि ड्रेसिङ रुमतर्फ जाने क्रममा गेलले उपस्थित समर्थकलाई आफ्नो टी–सर्ट र ग्लोभ्स दिएका थिए। यद्यपि ४२ वर्षीय गेलले आफूले सन्यास घोषणा नगरेको बताए।

उनले यो विश्वकपमा वेस्ट इन्डिजले नराम्रो प्रदर्शन गरेको भन्दै आगामी दिनमा वेस्ट इन्डिजमा नयाँ प्रतिभा आउने विश्वास पनि व्यक्त गरेका छन्। उनले आगामी विश्वकपबाट सन्यास लिने चाहना रहेको बताएका छन्। यद्यपि वेस्ट इन्डिज क्रिकेट बोर्डले आफूलाई यसको लागि अनुमति नदिन सक्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad