समाज


भारतमा एक प्रहरीले बर्साए आफ्नै सहकर्मीहरूमाथि गोली, ४ जनाको मृत्यु

भारतमा एक प्रहरीले बर्साए आफ्नै सहकर्मीहरूमाथि गोली, ४ जनाको मृत्यु

सोमबार बिहान आफ्नै सहकर्मीले हानेको गोलीबाट घाइते प्रहरी उपचार गराउँदै। तस्बिर : बीबीसी हिन्दी।


नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ११:२८, काठमाडौँ

भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै सहकर्मीहरूलाई गोली हानेका छन्। घटनामा चार जना प्रहरी जवानको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्। 

भारतीय प्रहरीका अनुसार अनुसार सुकमा जिल्लाको मराइगुडा पुलिस स्टेसनअन्तर्गत लिंगमपल्लीमा सीआरपीएफको ५०औं बटालियनको आधार शिविर छ। सोही शिविरका रितेश रञ्जनले सोमबार बिहान ३ बजेतिर आफ्ना सहकर्मीलाई गोली हानेका हुन्।

मारिएका सबै सीआरपीएफको ५०औं बटालियनका सिपाही हुन्।

बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘एक सिपाहीले बिहान ३ बजे अज्ञात कारणले आफ्ना साथीहरूमाथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा चार जवानको मृत्यु भएको छ। गोली चलाउने जवानसँग सोधपुछ भइरहेको छ।’

घटनामा घाइते तीन जवानहरूलाई प्रारम्भिक उपचारका लागि तेलंगानाको भद्रचलम स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ।

गोली हान्ने उनलाई प्रहरीले हिरासतमा लिएको छ। त्यतिन्जेलसम्म तीन सिपाही धनजी, राजीव मण्डल र राजमणिकुमार यादवको घटनास्थलमै मृत्यु भइसकेको थियो। एक जवान धर्मेन्द्र कुमारको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

गाेली लागेर तीन जना प्रहरी जवान धनन्जयकुमार सिंह, धर्मात्मा कुमार र मलय रञ्जन महराना गम्भीर घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ।

ती प्रहरीले आखिर आफ्नै साथीलाई किन गोली हाने भन्ने कुरा याे खबर लेख्दासम्म खुलेकाे छैन। 

उनीसँग सोधपुछ भइरहेको भारतीय प्रहरीले जनाएको छ।

घटना भएकाे ​छत्तीसगढ भारतकाे माओवादी प्रभावित जिल्ला हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad