इंगलिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको छ।
आइतबार खेलको चौथो मिनेटमा नै लिभरपुल एक गोलले पछि परेको थियो। ४१ औं मिनेटमा लिभरपुलका एलेक्जेन्डर अर्नोल्डले एक गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६७ र ७४ मिनेटमा गरी वेस्ट ह्यामले दुई गोल थप्यो। खेलको ८३ औं मिनेटमा लिभरपुलले अर्को एक गरे पनि त्यसले हार टार्न सकेन।
यससँगै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा खस्किएको छ। लिभरपुलले ११ खेलबाट २२ अंक पाएको छ। समान खेलबाट वेस्ट ह्याक युनाइटेडको २३ अंक छ। लिगको शीर्षस्थानमा रहेको चेल्सीको ११ खेलबाट २६ अंक छ।
36
Shares

प्रतिक्रिया