खेल


म्यानचेस्टर डर्बी : युनाइटेडविरुद्ध सिटी सजिलै विजयी

म्यानचेस्टर डर्बी : युनाइटेडविरुद्ध सिटी सजिलै विजयी

नेपालखबर
कात्तिक २०, २०७८ शनिबार २०:३६, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबा राति भएको म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ। 

ओल्डट्राफोर्डमा भएको खेलमा खेलमा सिटीले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो। 

सिटीको जितमा एक गोल युनाइटेडका एरिक ब्यालीले आत्मघाती उपहार दिए।

सिटीका खेलाडीले सातौँ मिनेटमा प्रहार गरेको क्रस बल जोगाउने क्रममा ब्यालीले आफ्नै पोस्टतर्फ हानेका थिए।

त्यसपछि खेलको ४६ औँ मिनेटमा जाओ कान्सेलोको पासमा बेरनार्डो सिल्भाले अग्रता २-० मा पुर्‍याए। त्यसपछि दुवै टोली गोल गर्न असफल रहे।

खेलको अधिकांश समयमा बल पोसेसनमा पनि दबदबा राखेको सिटीले युनाइटेडका क्रिस्टियानो रोनाल्डोसहित कुनै खेलाडी राम्रो अवसर दिएन।

यो जितपछि सिटी ११ खेलबाट २३ अंकसहित लिगको दोस्रो स्थानमा पुगेको छ। उता पराजित युनाइटेड भने ११ खेलबाट १७ अंकसहित लिगको पाँचौँ स्थानमा छ।

शनिबार नै शीर्ष स्थानको लण्डन क्लब चेल्सीले रेलिगेशन जोनको वर्नलीसँग खेल्दैछ। तालिकाको अन्तिममा रहेको नर्विच सिटी ब्रेन्टफोर्डसँग खेल्दैछ।

क्रिस्टल प्यालेस र उल्भ्स भिड्दैछन्। रेलिगेशन जोनको न्युक्यासलले ब्राइटोनसँग खेल्ने तालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad