आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा न्यूजिल्यान्डले नामिवियालाई ५२ रनले हराएको छ।
सुपर-१२ अन्तर्गत समूह २ को खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धाारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रनमै समेटियो।
नामिबियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रन बनाए। न्यूजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले दुई–दुई विकेट लिए।
मिसेल सान्टनर, जेम्स निशान र इश सोधीको नाममा एक–एक विकेट रह्यो।
पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रनको मध्यम योगफल बनाएको थियो।
न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए। जेम्स निशानले ३५ रन जोड्दा कप्तान केन विलियम्सन २८ रनमा आउट भएका थिए।
नामिबियाका बर्नार्ड स्कोल्ज, डेभिड वाइजी र जेरहार्ड इरासमसले समान एक–एक विकेट लिए।
यो खेलपछि न्यूजिल्यान्डले चारमध्ये तीन खेलमा जित निकालेर सेमिफाइनल सम्भावना बढाएको छ। नामिबियाले भने चार खेलमा तेस्रो पराजय भोगेको छ। यो हारपछि नामिबिया प्रतियोगिताबाट बाहिरिएको छ।
Shares

प्रतिक्रिया