भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा पूर्व क्रिकेटर राहुल द्रविड नियुक्त भएका छन्। उनले अहिलेका प्रशिक्षक रहेका रवि शास्त्रीको स्थान लिनेछन्।
शास्त्रीको कार्यकाल अहिले जारी टी–२० विश्वकपपछि समाप्त हुनेछ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्नो वेबसाइटमार्फत द्रविड भारतीय टोलीको मुख्य प्रशिक्षक बनेको जानकारी दिएको हो।
बुधबार बीसीसीआईको क्रिकेट सल्लाहकार समितिले सर्वसम्मतिबाट द्रविडलाई भारतीय टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो।
द्रविडले आफूलाई भारतीय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै यो ठूलो सम्मान भएको बताएका छन्। उनले रवि शास्त्रीको पालामा भारतले निकै राम्रो प्रदर्शन गरेको र आफ्नो कार्यकालमा यसलाई अघि बढाउनका लागि काम गर्ने बताएका छन्।
द्रविड अहिले भारतको जुनियर टोलीको प्रशिक्षक छन्। बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले पनि द्रविडको नियुक्तिले भारतीय टोलीले नयाँ उचाइ हात पार्न सक्ने बताएका छन्।
Shares

प्रतिक्रिया