भूतपूर्व खेलाडी मन्चले आयोजना गर्ने सफल पोखरा म्याराथन फागुन ७ गते देखि हुने भएको छ।
पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ औँ म्याराथन आगामी फागुन ७ गते हुने बताएको हो।
यो संस्करणदेखि प्रतियोगिताका विजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ। बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपविजेतालाई २ लाख, तेश्रोलाई १ लाख र चौथोलाई ३० हजार पुरस्कार दिइने आयोजकले बताएको छ।
अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख थियो। नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार राशि भएको प्रतियोगिता हो।
प्रतियोगितामा १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्विल चियर र दृष्टिविहीन दौड हुने पत्रकार सम्मेलनमा अध्यक्ष हरि पराजुलीले बताए।
प्रतियोगितालाई सुजल डेरीले आगामी ३ वर्ष सम्म प्रायोजन गर्ने भएको छ। अघिल्लो वर्ष प्रतियोगिताको लागि सुजल डेरीले साढे ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी वर्ष देखि सम्झौता भएको रकममा वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति पनि भएको छ।
Shares

प्रतिक्रिया