इंग्ल्यान्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्ड सोमबार राती श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलका लागि छनोट हुन सफल भएको हो।
विश्वकपको यो संस्करणमा सेमिफाइनलमा स्थान बनाउने इंग्ल्यान्ड पहिलो टोली बनेको छ।
जारी प्रतियोगितामा इंग्ल्यान्डको यो लगातार चौथो जित हो। पराजित श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ।
इङ्ल्यान्ड ४ खेलबाट ८ अंक बनाउँदै समूह ‘ए’को शीर्ष स्थानमा छ।
132
Shares

प्रतिक्रिया