ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले लगानीकर्तालाई १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको हो।
घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५२ प्रतिशत नगद लाभांश (करसमेत) हुनेछ।
बीमा समितिको स्वीकृति र आगामी साधारणसभाबाट पारित गरेपछि ज्योति लाइफका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन्।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलले हालसम्म जीवन बीमालेख संख्या ८१ हजार २ सय २४ पुर्याएको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ छ।
कम्पनीमा कार्यरत कर्मचारी संख्या ४ सय ३२ जना रहेका र कार्यालय संख्या १ सय २३ रहेका छन्।
12
Shares

प्रतिक्रिया