जलाटन इब्राहिमोभिकले आइतबार लिगमा आफ्नो ४०० गोल पूरा गरेका छन्।
आइतबार भएको सिरी एको खेलमा रोमालाई २–१ ले हराउने क्रममा एसी मिलानका इब्राहिमोभिकले एक गोल गरेका हुन्।
४० वर्षीय यी खेलाडीको गोलको सहयोगमा एसी मिलानले पहिलो हाफमा १–० गोलको अग्रता लिएको थियो। दास्रो हाफको ५७ औं मिनेटमा एसी मिलानले पेनाल्टीमार्फत अर्को गोल थपेको थियो। खेलको इन्ज्युरी समयमा रोमाले सान्त्वना गोल गरेको थियो।
सिरी एमा एसी मिलान ११ खेलबाट ३१ अंक बटुल्दै दोस्रो स्थानमा छ। सामान खेलबाट समान अंक हात पारेको नेपोली पहिलो गोलअन्तरको आधारमा स्थानमा छ।
51
Shares

प्रतिक्रिया