एएफसी यु-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार भएको खेलमा लेबनानसँग नेपाल ४-० गोल अन्तरले पराजय भोग्न बाध्य भएको हो। ्
लेबनानको जितमा जेइन फरानले दुई गोल गरेका थिए। त्यस्तै मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल थपे।
यस जितपछि लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। नेपाललाई हराए पनि लेबनान अगाडि बढ्न सकेन।
यता समूह 'बी' को नेपाल सबै खेलमा जितविहीन हुँदै घर फर्कियो।
यो प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग ४-० हार भोगेको थियो। त्यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोलले हार्यो।
यो समूहमा ६ अंकसहित ताजिकिस्तान शीर्ष स्थानमा छ। इरान पनि ६ अंकसहित दोस्रो स्थानमा छ। शीर्ष स्थानका यी टोलीबीच आजै खेल हुँदैछ।
Shares

प्रतिक्रिया