खेल


टी–२० विश्वकपमा आज भारत र न्युजिल्यान्ड भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब

टी–२० विश्वकपमा आज भारत र न्युजिल्यान्ड भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब

दुई क्याप्टेन। तस्बिर : डेलिलाइभ स्काेर।


नेपालखबर
कात्तिक १४, २०७८ आइतबार १४:७, काठमाडौँ

आईसीसी टी२० विश्वकपअन्तर्गत सुपर १२ को समूह २ को खेलमा आज न्युजिल्यान्ड र भारत भिड्दै छन्। 

खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा साँझ पौने ८ बजे हुनेछ। शीर्ष दुईमा रहेर सेमिफाइनलमा स्थान बनाउनका लागि दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। 

यो समूहबाट ३ खेलमा लगातार जित निकाल्दै पाकिस्तानले सेमिफाइनलमा लगभग स्थान सुरक्षित गरेको छ। शीर्र्ष २ मा रहेर सेमिफाइनलमा स्थान बनाउन यी दुई टोलीलाई जितको विकल्प छैन। 

यो समूहका टोलीलाई हेर्ने हो भने भारत र न्युजिल्याण्डमध्ये एकले सेमिफाइलनमा स्थान बनाउन सक्नेछन्। 

पहिलो खेलमा हार भोगेका दुवै टोली पहिलो जित निकाल्दै अंक तालिकामा २ अंक जोड्न चाहन्छन्। 

पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो। उता न्युजिल्यान्ड पनि पाकिस्तानसँगै ५ विकेटको हार भोगेको थियो। 

आईसीसी प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई १८ वर्षयता पराजित गर्नसकेको छैन। गत जुनमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिप उपाधि जितेको थियो। 

न्युजिल्यान्ड र भारतबीच अहिलेसम्म १६ टी–२० आई खेल भएको छ। तीमध्ये दुवै टोली समान ८ खेलमा विजयी भएका छन्। 

पछिल्लो पाँच टी२० खेलमा भारत अपराजित छ। टी२० विश्वकपमा यी दुई टोलीबीचको दुई खेलमा नै न्युजिल्यान्ड विजयी भएको थियो। 

आजै हुने पहिलो खेलमा अफगानिस्तान र नामिबिया भिड्दै छन्। दिउँसो पौने ४ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउन चाहन्छन्। 

सुपर १२ का २ खेलमध्ये १ मा जित र एकमा हार भोगेको अफगानिस्तान २ अंकमा तालिकाको दोस्रो स्थानमा छ। 

एक खेलमा जित निकालेको नामिबिया २ अंकमा तेस्रो स्थानमा छ। अफगानिस्तान र नामिबिया आजको खेलमा जित निकाल्दै अन्तिम ४ को यात्रा जिवित राख्न चाहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad