खेल


नेपाल आइपुगे मुख्य प्रशिक्षक अलमुताइरी

नेपाल आइपुगे मुख्य प्रशिक्षक अलमुताइरी

नेपालखबर
कात्तिक १३, २०७८ शनिबार २१:४०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार राति नेपाल आइपुगेका छन्।

प्रशिक्षक अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय र एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरे।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग दुई वर्षका लागि सम्झौता नवीकरण गरेका प्रशिक्षक अलमुताइरी कार्यभार सम्हाल्न आइपुगेका हुन्।

कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याए।

माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपको फाइनल भिडन्तमा नेपाल भारतसँग ३-० ले हारेको थियो। 

फाइनलअघि प्रशिक्षक अलमुताइरीले त्यो नै नेपालका लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए।

माल्दिभ्सबाटै कुवेत फर्किएका अलमुताइरीले सम्झौता नवीकरण गरेर फर्किएपछि नेपाली खेल प्रेमी पनि खुसी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad