इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको आर्सनलले लेस्टर सिटीलाई हराएको छ।
शनिबार लेस्टरको घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुवै गोल पहिलो हाफमा गरेर जित निकालेको हो।
आर्सनललाई २-० को जित दिलाउन गाब्रियल र इमिल स्मिथले खेलको पहिलो हाफमै एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। खेलको १८ औं मिनेटमा इमिलले गोल गरेपछि आर्सनल २-० ले अघि बढ्यो।
दोस्रो हाफमा दुवै टिम गोल गर्न चुक्दा आर्सनल विजयी भयो। यो जितपछि आर्सनलले १० खेलबाट १७ अंक जोड्दै लिगको पाँचौं स्थानमा पुगेको छ। पराजित भएको लेस्टर १४ अंकसहित लिगको दशौँ स्थानमा छ।
42
Shares

प्रतिक्रिया