खेल


एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना पराजित

एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना पराजित

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार २२:८, काठमाडौँ

स्पेनिस ला लिगा अन्तर्गत आइतवार राति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले बाजी मारेको छ।

खेलमा रियलले बार्सिलोनालाई उसकै घरेलु मैदान नोउ क्याम्पसमा २-१ गोल अन्तरले हराउन सफल भएको हो। 

लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोबिनाको एल क्लासिको भिडन्तमा रियल अब्बल सावित भएको हो। 

रियललाई जिताउने क्रममा डिफेन्डर डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे।

बार्सिलोनाका लागि डेब्यु खेलमै सर्जियो अग्युरोले एक गोल फर्काए

खेलको ३२ औं मिनेटमा रोड्रिगोको पासमा अलबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। रियलले पहिलो हाफ १-० मा टुंग्यायो

त्यसपछि खेलको इन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए।

त्यसपछि खेलको इन्जुरी समयकै अन्तिम मिनेटमा अग्युरोले एक गोल फर्काएका थिए। तर उनले बार्साको हार टार्न सकेनन्। 

बार्सिलोनालाई हराएसँगै रियल ९ खेलबाट २० अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ। पराजित बार्सिलोना १५ अंक जोड्दै आठौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad