खेल


विमल घर्ती मगर र मच्छिन्द्र क्लबबीच सम्झौता नवीकरण

विमल घर्ती मगर र मच्छिन्द्र क्लबबीच सम्झौता नवीकरण

सम्झौता नवीकरणका क्रममा विमल र मच्छिन्द्रका पदाधिकारी । तस्बिर : विक्रम राई


नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १५:१०, काठमाडौँ

चर्चित स्ट्राइकर विमल घर्ती मगरले ‘ए’ डिभिजनको मछिन्द्र फुटबल क्लबसँग सम्झौता नवीकरण गरेका छन्। 

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर क्लबले विमलको सम्झौता नवीकरण गरिएको जानकारी दिएको छ।

क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले नवीकरण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

विमलले गत सिजन पनि मछिन्द्रबाटै खेलेका थिए। यस सिजनको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेदेखि सुरु हुँदैछ।

सम्झौता नवीकरणपछि विमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने बताए। 

‘म क्लबलाई धन्यवाद दिन्छु । गत वर्ष एक खेल मात्रै खेल्न पाएको थिएँ। एक खेल खेलेरै उपाधि जितेँ', उनले भने, 'यो वर्ष सुरुवातमै खेल्ने प्रयास गर्नेछु। मेरो कोशिस उपाधि जित्ने हुन्छ।'

नेपालका लागि २६ खेल खेलेका उनले गत वर्ष बन्द प्रशिक्षणका क्रममा घाइते भएकाले लामो समय मैदान बाहिर रहनुपरेको थियो।

दाहिने खुट्टाको उपचारका लागि उनी गत पुसमा दाहिने घुँडामा चोट लागेपछि विमल उपचार गर्न कतार गएका थिए। 

अखिल नेपाल फुटबल संघले कतार फुटबल संघसँग सहयोग लिएर विमलको उपचार गराएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .