खेल


चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी?

चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी?

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १३:३३, काठमाडौँ

आइसिसी टी-२० विश्वकप २०२१ अन्तर्गत सुपर-१२ समूह 'बी' को खेलमा आइतबार चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। 

खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार राति पौने ८ बजे सुरु हुनेछ। 

भारत र पाकिस्तानबीचको खेललाई प्रतिष्ठाको लडाइँको रुपमा पनि लिने गरिन्छ। राजनीतिक रुपमा पनि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीचका हरेक क्रिकेट भिडन्त युद्ध बराबर हुन्छन्। 

क्रिकेट इतिहासमा पाकिस्तानभन्दा भारत बलियो टोली हो। यद्यपि पाकिस्तान पनि कमजोर होइन। 

विश्वकपमा भारत अहिलेसम्म पाकिस्तानसँग हारेको छैन। भारत त्यही लयलाई निरन्तरता दिने योजनामा हुँदा पाकिस्तान नयाँ इतिहास बनाउन आतुर छ। 

भारतले पाकिस्तानसँगको पाँच टी-२० विश्वकप र ७ एकदिवसीय विश्वकप गरि जम्मा १२ खेल आफ्नो पक्षमा पारेको छ। 

टी-ट्वान्टी विश्वकपमा भारत र पाकिस्तानले समान एक पटक उपाधि जितेका छन्।  

सन् २००७ को फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो। सन्  २००९ मा भने पाकिस्तानले श्रीलङ्कालाई ८ विकेटले हराउँदै उपाधि उचालेको थियो। 

हेड टु हेड

भारत पाकिस्तानबीचको पछिल्लो ५ भेटमा भारतले ४ खेलमा जित निकालेको छ भने पाकिस्तानले एक खेल जितेको छ। 

सन् २०१२ मा भारत भ्रमणका क्रममा भएको पहिलो भेटमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको थियो। 

त्यसयता पाकिस्तानले भारतलाई हराउन सकेको छैन। २०१२ मा नै भारत भ्रमणकै क्रममा भएको दोस्रो भेटमा भारतले पाकिस्तानलाई ११ रनले हराएको थियो। 

सन् २०१४ मा भएको भेटमा भारतले पाकिस्तानमाथि ७ विकेट, २०१६ मा ५ विकेट र सन् २०१६ मा भएको भेटमा ६ विकेटले जित निकालेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad