ad ad

खेल


बार्सिलोना र रियल म्याड्रिडबीच ‘एल क्लासिको’ भिडन्त आज

बार्सिलोना र रियल म्याड्रिडबीच ‘एल क्लासिको’ भिडन्त आज

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १२:५३, काठमाडौँ

स्पेनिस ला लिगाको नयाँ सिजन अन्तर्गत पहिलो ‘एल क्लासिको’अर्थात् बार्सिलोना र रियल म्याड्रिडबीच महाभिडन्त आइतबार राति हुँदैछ।

एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा साँझ ८ बजे हुनेछ। 

नयाँ सिजनमा बार्सिलोना पुरानै लयमा फर्कने प्रयासका लागि संघर्षरत रहिरहँदा रियल म्याड्रिडले भने उच्च प्रदर्शन गरिरहेको छ। 

बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडि बढ्ने योजनामा हुँदा रियल बार्सालाई उसकै घरमा हराउन चाहन्छ। 

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ। 

चार जित, तीन बराबरी र एक हार खेपेको बार्सिलोना १५ अंक सहित सातौं स्थानमा छ। शीर्ष स्थानमा रहेको रियल सोसिडाडको नौ खेलबाट २० अंक छ।

रियलका कप्तान करिम बेन्जेमा यतिवेला करिअरकै उच्च लयमा छन्। नले लिगको सुरुवाती आठ खेलमा नौ गोल र सात असिस्ट दिएका छन्। 

सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमालाई भिनिसियस जुनियरको उतिकै साथ छ। भिनिसियसले पनि पाँच गोल सहित दुई असिस्ट दिएका छन्।

यता बार्सिलोनामा मेम्फिस डिपायले सानदार प्रदर्शन गरिरहेका छन्। 

यसै सिजन लियोनबाट बार्सिलोना आएका डिपायले बार्सिलोनामा लियोनल मेसीको अभावलाई पूर्ति गरेका छन्। उनले आठ खेलमा चार गोल सहित दुई असिस्ट दिएका छन्।

बार्सिलोनाले एल क्लासिको भिडन्तमा अर्जेन्टिनी स्ट्राइकर सर्जियो एग्युरो र औसमाने डेम्वेलेलाई समेत उतार्ने तयारी गरेको छ। 

यसअघि यी दुई स्टार घाइते थिए। यसै सिजन इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका एग्युरो सुरुवातमै अभ्यासका क्रममा घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .