इङ्लिस प्रिमियर लिग फुटबलमा यो सिजन रवाफिलो प्रदर्शन गरिरहेको चेल्सीले नर्विच सिटीमाथि ७-० को फराकिलो जित दर्ता गराएको छ।
शनिबार दिउँसो घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले नर्विच सिटीलाई फराकिलो हार चखाउँदा मासन माउन्टले ह्याट्रिक पूरा गरे।
चेल्सीलाई जिताउने क्रममा यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एक एक गोल थपे। नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल उपहार दिए।
खेलको ६५ औँ मिनेटमा नर्विचका बेन गिब्सनले रातो कार्ड पाउँदै मैदान छाडेका थिए। एक पक्षीय खेलमा निरीह बनेको नर्विचले करिब ३५ मिनेट १० खेलाडीमा सीमित हुनु परेको थियो।
यो जितपछि चेल्सीले ९ खेलमा २२ अंक जोडेर लिगको शीर्ष स्थानमा छ। पराजित नर्विच भने केबल २ अंकसहित लिगको सबैभन्दा तल छ।
54
Shares

प्रतिक्रिया