खेल


म लिभरपुलमा नै आफ्नो करियर अन्त्य गर्न चाहन्छु : सलाह

म लिभरपुलमा नै आफ्नो करियर अन्त्य गर्न चाहन्छु : सलाह

नेपालखबर
कात्तिक ६, २०७८ शनिबार ११:२, काठमाडौँ

फुटबल खेलाडी मोहम्मद सलाहले लिभरपुल क्लबमा नै आफ्नो करियर अन्त्य गर्न चाहेको बताएका छन्। २९ वर्षीय इजिप्टका फरवार्ड सलाहले लिभरपुलको लागि २१४ खेलमा १३७ गोल गरिसकेका छन्।

सन् २०१७ मा सलाह रोमाबाट तीन करोड ४० लाख पाउण्डमा लिभरपुल आएका थिए। उनले यो सिजनमा मात्र १२ गोल गरिसकेका छन्।

 आगामी सिजनबाट उनको लिभरपुलसँगको सम्झौता सकिनेछ।

‘यो मैले भनेर हुने कुरा होइन, तर मलाई सोध्नुहुन्छ भने म फुटबल करियरको अन्तिम दिनसम्म पनि यो क्लबमा बस्न चाहन्छु’, सलाहले भने। 


उनले थपे, ‘अहिलेको अवस्थामा म लिभरपुलविरुद्ध खेल्न सक्दिनँ। यो मेरो लागि निकै कठिन हुनेछ, म यसको बारेमा कुरा गर्न चाहन्नँ यद्यपि यसले मलाई निकै दुःखी बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad