इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ए डिभिजनको च्यासल युथ क्लबमा आवद्ध भएका छन्।
क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै विकासलाई आवद्ध गरेको घोषणा गरेको हो
पत्रकार सम्मेलनमा दुई पक्षबीचको सम्झौतापछि विकासले आसन्न शहीद स्मारक 'ए डिभिजन लिग' फुटबल च्यासल क्लबबाट खेल्ने तय भएको हो।
ए डिभिजन लिग खेल्नका लागि विकास गत मंगलबार नेपाल आएका थिए।
१८ वर्षीय विकासले इटालीको यु–१६ राष्ट्रिय टोली तथा एटलान्टा क्लबको युथ टिमबाट खेल्दै आएका छन्। ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुँदैछ।
विकास ६ वर्षको उमेरमा सन् २००८ मा इटाली गएका थिए। उनी १३ वर्षपछि नेपाल फर्किएर व्यवसायिक फुटबल खेल्न लागेका हुन्।



36
Shares

प्रतिक्रिया