खेल


पहिलो चरणमा अपराजित रहँदै सुपर १२ मा स्कटल्याण्ड

पहिलो चरणमा अपराजित रहँदै सुपर १२ मा स्कटल्याण्ड

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १३:७, काठमाडौँ

टी–२० विश्वकप अन्तर्गतको बिहीबार भएको खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर १२ मा प्रवेश गरेको छ।

स्कटल्याण्डले पहिलो चरणको खेलमा तीनै खेलमा जित हात पार्दै सुपर १२ मा प्रवेश गरेको हो। यसअघि स्कटल्याण्डले बंगलादेश र पपुवा न्युगिनीलाई हराएको थियो। 

बिहीबार भएको खेलमा ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्याण्डले १८ बल अगाडि नै पूरा गर्‍यो। स्कटल्याण्डका लागि किले कोएटजरले ४१ रन बनाए। त्यस्तै रिची बेरिङटनले अविजित ३१ रन बनाएका थिए। 

यसअघि ओमानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। ओमानका लागि ओपनर अकिब इलियास सुलेहरीले ३७ रन बनाए भने जीसन मासुदले ३४ रन बनाए।

मोहम्मद नदीमले २५ रन बनाउनु बाहेक ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

स्कटल्याण्डका लागि जोस डेभीले तीन विकेट लिएका थिए। त्यस्तै, सफयान शरिफ र मिचेल लिएस्कले समान दुई/दुई विकेट लिए भने मार्क वाटले एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad