समाज


प्रहरी अस्पतालमा अनियमितता, एआईजी सिंहमाथि छानबिन सुरु

प्रहरी अस्पतालमा अनियमितता, एआईजी सिंहमाथि छानबिन सुरु

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १२:५८, काठमाडौँ

नेपाल प्रहरी अस्पतालमा अनियमितता गरेको भन्दै अस्पताल प्रमुख एआईजी डा. आशा सिंहमाथि छानबिन सुरु भएको छ। 

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मानव श्रोत एवं प्रशासन विभाग प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। 

अस्पतालमा निःशुल्क आएका स्वास्थ्य सामग्री र औषधिको पनि बिल बनाएर सिंहले रकम असुलेको गुनासो आएको गृह मन्त्रालयले जनाएको छ। 

पोख्रेल नेतृत्वको ५ सदस्यीय छानबिन समितिलाई आर्थिक अनियमिततामा संलग्नमाथि छानबिन गर्न निर्देशन दिइएको छ। 

समितिमा प्रहरी प्रधान कार्यालयकै डीआईजी वसन्तकुमार लामा, एसएसपी भीम ढकाल, पुजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत पनि छन्। सिंह २०७६ माघमा एआईजीमा बढुवा भएकी थिइन्। एआईजी भएसँगै उनले अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी समेत पाएकी थिइन्। 

सिंहले कोभिडका बिरामीको उपचारका लागि विभिन्न दाताले दिएको स्वास्थ्य सामग्री र औषधिको पनि बील बनाएर पेश गरेर रकम लिएको गुनासो आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad