च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको समूह एफको खेलमा म्यानचेस्टर युनाइटेडले एटलान्टामाथि ३–२ को जित निकालेको छ। म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, ह्यारी म्यागुरे र क्रिस्टियानो रोनाल्डोले गोल गरे।
खेलको पहिलो हाफमा भने म्यानचेस्टर युनाइटेड २–० ले पछि परेको थियो। पहिलो हाफको १५ औं मिनेटमा एटलान्टाका मारिओ पसालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यस्तै २८ औं मिनेटमा मेरिह डेमिरलले अर्को गोल थप्दै अग्रता दोब्बर बनाएका थिए। तर, दोस्रो हाफमा एटलान्टाले अग्रता बचाइराख्न सकेन।
दोस्रो हाफको ५३ औं मिनेटमा रासफोर्डले गोल गर्दै एटलान्टाको अग्रता कम गरे भने ७५ औं मिनेटमा म्यागुरेले बराबरी गोल फर्काए। खेलको ८१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले टोलीका लागि विजयी गोल गरे।
यससँगै म्यानचेस्टर युनाइटेड तीन खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिएको छ।
Shares

प्रतिक्रिया