खेल


एशियन कप छनोट खेल्ने नेपाली टोली ताजकिस्तान प्रस्थान

एशियन कप छनोट खेल्ने नेपाली टोली ताजकिस्तान प्रस्थान

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १३:१४, काठमाडौँ

एएफसी यू–२३ एशियन कप छनोटका लागि नेपाली फुटबल टोली मगंलबार ताजकिस्तान प्रस्थान गरेको छ। 

छनोटमा सहभागी हुन २३ खेलाडी र १२ अफिसियलसहित ३५ सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो। 

नेपाल इरान, लेबनान र ताजिकिस्तान रहेको समुह बी मा रहेको छ। 

करिब १ महिनाको तयारीमा ताजकिस्तान गएको नेपाली टोलीले राम्रो प्रर्दशन गर्ने टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए। आफुहरुको लक्ष्य समुह विजेताभन्दा पनि खेल अनुसार आफुलाई प्रस्तुत गर्ने बताए। 

प्रशिक्षक महर्जनले राष्ट्रिय टोलीका ६ खेलाडीलाई समेट्दै आइतबार २३ सदस्यीय टोलीको घोषणा गरेका थिए।

राष्ट्रिय टोलीका खेलाडीले अहिलेसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केही समस्या हुन सक्ने सुनाएका छन्। माल्दिभ्समा सम्पन्न साफमा उपविजेता बनेर फर्केको टोलीबाट ६ खेलाडीलाई यू-२३ टोलीमा समेटेका छन्। 

राष्ट्रिय टोलीबाट डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ, मिडफिल्डर नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा फरवार्ड मनिष डाँगीले यू-२३ टिमबाट खेल्नेछन्।

नेपालले प्रतियोगिता अघि इन्डोनेसियासँग २२ अक्टोबरमा ताजकिस्तान एक मैत्रीपुर्ण खेल खेल्नेछ।  

एएफसी यु–२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म हुनेछ। नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्ने तालिका छ। 

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ।  

प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ। नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad