ad ad

खेल


आईप‍ीएल फाइनल भिडन्त : कोलकाताले टस जित्यो, चेन्नई पहिले ब्याटिङमा उत्रियो

आईप‍ीएल फाइनल भिडन्त : कोलकाताले टस जित्यो, चेन्नई पहिले ब्याटिङमा उत्रियो

नेपालखबर
असोज २९, २०७८ शुक्रबार २०:५, काठमाडौँ

आईपीएल २०२१ को उपाधि भिडन्त सुरु भएको छ। दुबईको अन्तरराष्ट्रिय स्टेडियममा कोलकाता नाइटराइडर्सका कप्तान इयोन मोर्गनले टस जितेका छन्। 

उनले टस जितेसँगै महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्गसलाई पहिले ब्याटिङको निम्तो दिएका छन्। 

पहिले ब्याटिङमा उत्रिएको चेन्नई सुपर किङ्सले आईपीएलको एक सिजनमा रनको पिछा गर्दै १०० प्रतिशत जितको रेकर्ड राख्ने पहिलो टिम पनि बनेको छ। 

चेन्नईले यस सिजनमा ६ पटक लक्ष्य पछ्याउँदै हरेक पटक जित निकालेको छ। चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले एक अर्को उपलब्धि आफ्नो नाममा राखेका छन्। उनी टी-२० क्रिकेटको ३ सय खेलमा कप्तानी गर्ने विश्वकै एक्ला कप्तान बनेका छन्। 

उपाधि भिडन्तमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन्।

चेन्नई सुपर किङ्स 

ऋतुराज गायकवाड, फाफ डुप्लेसी, मोइन अली, रबिन उथप्पा, अम्बाती रायडु, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान र विकेट किपर), ड्वेन ब्राभो, शार्दुल ठाकुर, दीपक चाहर, जश हेजलवुड

कोलकाता नाइट राइडर्स 

वेङ्कटेश अय्यर, शुभमन गिल, नितीश राणा, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक (विकेट किपर), शाकिब अल हसन, सुनिल नारिन, शिवम मावी, वरुण चक्रवर्ती, लकी फर्ग्युसन
 
फाइनलमा कोलकाता सफल

कोलकाताको टिम अहिलेसम्म दुई पटक फाइनलमा पुगेको छ। उसले दुवै पटक उपाधि आफ्नो नाममा राखेको छ।

यसअघि सन् २०१२ मा कोलकाता र चेन्नईको टिम फाइनलमा भिडेका थिए। त्यसबेला कोलकाताको टिम चेन्नईमाथि हाबी भएको थियो। 

आजको खेलमा चेन्नई कोलकातालाई हराएर सन् २०१२ को बदला लिन चाहन्छ। सन् २०१४ मा कोलकाताले पञ्जाबलाई हराएर दोस्रो पटक उपाधि जितेको थियो। उसले त्यसबेला पहिलो उपाधि जित्ने पञ्जावको सपना तुषारापात गरिदिएको थियो।

दुवै दाबेदार

आईपीएलमा बलिया मानिने दुवै टोलीले आफूलाई उपाधि दाबेदार भनेका छन्। दुई बलिया टोलीबीचको भिडन्त रोचक र प्रतिस्पर्धात्मक हुने बताइएको छ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौथो पटक आईपीएल उपाधि उचाल्ने ध्याउन्नमा छ। यो सिजन पनि उत्कृष्ट प्रदर्शन गरेको चेन्नईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनल यात्रा तय गरेको हो। 

अर्कातिर इयान मोर्गनले कप्तानी गरिरहेको कोलकाता तेस्रो पटक उपाधि चुम्ने योजनामा छ। कोलकाताले दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो। 

यसअघिका भिडन्तमा कोलकातामाथि चेन्नई हाबी भएको थियो। पछिल्ला पाँच भिडन्तमध्ये चारमा चेन्नईले बाजी मारेको छ।

जारी सिजनमै यसअघिका दुई खेलमा चेन्नई विजयी भएको थियो। चेन्नईले लिग चरणअन्तर्गत पहिलो खेलमा १८ रनको जित दर्ता गरेको थियो। त्यस्तै दोस्रो खेलमा चेन्नई नै २ विकेटले विजयी भएको थियो।

यही जितको यात्रालाई कायम गर्दै चेन्नई उपाधि उचाल्ने योजनामा छ। तर कोलकाता चेन्नईविरुद्धका यसअघिका हारलाई भुलेर उपाधि उचाल्ने दाउमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .