फिफा विश्वकप छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले पेरुविरुद्ध जित दर्ता गराएको छ
अर्जेन्टिनाले पेरुलाई १-० गोलअन्तरले हराउँदै कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि छनोट यात्रालाई मजबुत बनाएको हो।
अर्जेन्टिनालाई जिताउने क्रममा इन्टर मिलान व्यवासयिक फुटबल खेल्दै आएका स्ट्राइकर लाउटरो मार्टिनेजले निर्णायक गोल गरे।
उनले खेलको ४३ औं मिनेटमा गरेको गोल नै अर्जेन्टिनालाई जिताउन पर्याप्त भयो। यो जितपछि अर्जेन्टिनाले ११ खेलबाट २५ अंक जोडेको छ।
अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनोटको दोस्रो स्थानमा छ। उता पराजित पेरु ११ अंकसहित नवौँ अंकमा छ।
129
Shares
प्रतिक्रिया