ad ad

खेल


आईपीएल उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

आईपीएल उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

नेपालखबर
असोज २८, २०७८ बिहिबार ५:२१, काठमाडौँ

इन्डियन प्रिमियर लिगको उपाधिका लागि चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्। 

बुधबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ३ विकेटकाे राेमाञ्चक ​जित हासिल गर्दै कोलकताले चेन्नई सुपर किंग्ससँगको भेट पक्का गरेको हो। 

चेन्नई र कोलकता उपाधिका लागि शुक्रबार दुबई अन्तर्राष्टिय क्रिकेट मैदानमा खेल्नेछन्। 

आईपीएलको पहिलो क्वालिफायरमा दिल्लीलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा प्रवेश गरेको हो।

एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हराउँदै कोलकताले दोस्रो क्वालिफायरमा दिल्लीसँगको भेट पक्का गरेको थियो। 

तीनपटकको च्याम्पियन चेन्नई नवौंपटक फाइनलमा पुगेको हो। 

कोलकता तेस्रो र चेन्नई चौथोपटक च्याम्पियन बन्ने योजनामा छन्। दुईपटकको च्याम्पियन कोलकताले तेस्रोपटक आईपीएलको फाइनलमा स्थान बनाएको हो।

कोलकतालाई अन्तिम २ बलमा ६ रन चाहिँएको अवस्थामा एक बलअगावै राहुल त्रिपाठीले छक्का प्रहार गरेपछि कोलकता रोमाञ्चक जित हासिल गर्दै फाइनल पुगेको हो। त्रिपाठी ११ बलमा १ छक्का सहित १२ रनमा नटआउट रहे।  

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको कोलकताले एक बलअगाडि ७ विकेट गुमाउँदै भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर वेंकटेक ऐर र सुभमान गिलले पहिलो विकेटका लागि १२.२ ओभरमा ९६ रनको साझेदारी गर्दै टोलीलाई जितउन्मुख गराएका थिए। 

कोलकताका ओपनर वेंकटेश ऐरले सर्वाधिक ५५ रनको योगदान दिए। सुभमान गिल ४६ रनमा रनमा आउट भए। 

दिल्लीका कागिसो रबाडा, एनरिच नोपर्किया र रविचन्द्रन आश्विनले समान २ विकेट लिए। आवेश खानको नाममा एक विकेट रह्यो।

त्यसअघि शारजाहमा कोलकताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल तयार पारेको थियो। 

दिल्लीका ओपनर शिखर धवनले सर्वाधिक ३६ रन जोडे। श्रेयस ऐर ३० रनमा अविजित रहे। पृथ्वी शा १८ रनमा एलबीडब्लू आउट भए। मार्कस स्टोइनिस १८ रनमा पवेलियन फर्के। वरुण चक्रवर्तीले २ तथा लोकी फर्गुसन र शिवम माभीले १–१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .