ad ad

खेल


अल्मुताइरीले भने : प्रशिक्षकको सम्मान गर्नुस्, समाचारका नाममा खिल्ली नउडाउनुस्

अल्मुताइरीले भने : प्रशिक्षकको सम्मान गर्नुस्, समाचारका नाममा खिल्ली नउडाउनुस्

नेपालखबर
असोज २७, २०७८ बुधबार २१:२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सञ्चारमाध्यमले आफूहरुलाई सम्मान नगरेको बताएका छन्। 

उनले भारतसँगको खेल हारेपछि आफूहरुमाथि ठूलो दबाब रहेको बताउँदै मिडियाले पनि व्यक्गित लाञ्छना लगाउने गरी आरोपित गर्न खोजेको गुनासो उनले गरे। 

'पछिल्लो तीन दिन धेरै खराब थियो । हामी हिजो अभ्यासमा थियौ र प्रिम्याच सम्मेलनमा सहायक कोच र एक खेलाडी आएका थिए र पत्रकारले यसलाई समाचार बनायो,' उनले बंगलादेशविरुद्ध बराबरी गर्दै नेपाललाई फाइनलमा पुर्‍याएपछि भने, 'एउटा मिडियाले समाचार बनायो र मेरो खिल्ली उडायो। तर तपाईँले प्रशिक्षकलाई सम्मान गर्नुपर्छ।'

उनले आफ्नो पनि परिवार रहेको बताउँदै म्याच फिक्सिङ जस्ता अनावश्यक कुरा उठाएर बदनाम गर्न खोजिएको पनि बताए। 

'हामी पनि मान्छे हौँ । प्रशिक्षक हौँ तर कसैका दास त होइनौँ। हाम्रो पनि परिवार छ। हाम्रा पनि बच्चा छन्। म ती मिडियालाई सोध्न चाहन्छु कमेन्टमा म्याच फिक्सिङ कुरा गरेर के तपाईँ खुसी हुनुहुन्छ ? मेरो छोराले सोध्यो उक्त कमेन्ट के हो?, यसको मतलब के हो?', उनले भने, 'के विज्ञापन ल्याएर पैसा कमाउन चाहनुहुन्छ? कृपया अरुको नाममा पैसा नकमाउनुस्। म त्यो मिडियाको नाम उल्लेख गर्दिनँ तर मलाई दुख लागेको छ।'

खेलमा उथलपुथल

उनले पत्रकारहरुसँग बंगलादेशका गोल गोलकिपरले रातो कार्ड पाएसँगै अन्तिम समयमा आएर खेल बदलिएको बताएका छन्। 

माल्दिभ्सको मालेमा बंगलादेशविरुद्ध बुधबार १-१ गोलको बराबरी खेल्दै नेपालले पहिलो पटक फाइनलमा यात्रा तय गरेपछि प्रशिक्षक अल्मुताइरीले यस्तो बताएका हुन्। 

उनले नेपालको यो नतिजाले आफूलाई संसारकै सबैभन्दा खुसी सावित गरेको पनि बताए। 

'बंगलादेशको गोलकिपर बाहिरिएपछि खेल बदलियो। कहिलेकाहीँ तपाईँ भाग्यमानी हुनुहुन्न, कहिलेकाहीँ तपाईँ भाग्यमानी बन्नुहुन्छ,' उनले भने, 'आज हामी भाग्यमानी सावित भयौँ। यो नतिजाले मलाई संसारकै सबैभन्दा खुसी बनाएको छ।'

यद्यपि बंगलादेशविरुद्धको खेलमा बराबरी गरेर अघि बढ्न नेपालले कठिन मिहिनेत गर्नुपर्यो। कयौँ राम्रा अवसर खेर फालेको नेपालका लागि ८८ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीबाट गोल गर्दै फाइनल यात्रा तय गराए। 

तर खेलको नवौं मिनेटमा सुमन रेजाले हेडबाट गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। उक्त गोललाई जवाफ फर्काउन नेपालले खेलको अन्तिम १० मिनेट कुर्नुपर्यो। 

विष्टले पेनाल्टीबाट गोल मात्रै गरेनन्, त्यसबाटै नेपाललाई साफ च्याम्पियन्सिपको इतिहासमै पहिलो पटक फाइनलमा पनि पुर्‍याए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .