खेल


नेपाललाई ऐतिहासिक सफलता दिलाएका अलमुताईरीद्वारा पद त्याग गर्ने घोषणा

नेपाललाई ऐतिहासिक सफलता दिलाएका अलमुताईरीद्वारा पद त्याग गर्ने घोषणा

नेपालखबर
असोज २७, २०७८ बुधबार १९:३१, काठमाडौँ

पहिलोपल्ट नेपाललाई दक्षिण एसियाली फुटबल(साफ)को फाइनलमा पुर्याउँदै ऐतिहासिक सफलता दिलाएका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपपछि पद त्याग गर्ने घोषणा गरेका छन। 

​बगंलादेशसँगको बराबरीपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अलमुताइरीले पद छाड्ने बताएका हुन्। एक महिनाअघि नै राजिनामा दिएका अलमुताइरीले च्याम्पियनसिप सकिएपछि राजिनामा लागु हुने बताएका हुन्। 

समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल पहिलोपल्ट साफमा फाइनलमा पुगेको हो।

यसअघि नेपाल ५ पटक साफको सेमिफाइनलबाटै घर फर्किएको थियो। यसअघिको संस्करणमा पनि २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो। 

त्यसअघि सन् २०१३,२०११, १९९५ र १९९९ मा  नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो।

नेपालले अब उपाधिका लागि मादिभ्स वा भारतसँग खेल्नेछ। 

त्यसो त अलमुताईरीले यसअघि पनि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष पंकज नेम्वाङलाई कारण देखाउँदै सामाजिक सञ्जालमार्फत समर्थकलाई सम्वोधन गर्दै पद त्याग्ने बताएका थिए।

यो पनि: ‘सरी’ कसलाई भनाउनेमै अड्कियो एन्फाको नेम्वाङ–अलमुताइरी विवाद साम्य पार्ने त्यो ‘छलफल’

उनले भने दिन सँधै एउटै हुँदैन तर नेपाल पहिलो पटक साफको फाइनलमा पुग्दा मेरो लागि धेरै खुसी दिलाएको छ। 

पत्रकार सम्मेलनमा उनले भने, 'फाइनल खेल मेरो लागि साफको फाइनल अन्तिम खेल हुनेछ यसपछि म नेपाल जाने छैन।'

यो पनि: साफमा नेपाललाई ऐतिहासिक सफलता, बंगलादेशलाई रोक्दै फाइनलमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad