साफ च्यााम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले बगंलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ।
खेलको पहिलो हाफ सकिदा नेपाल बगंलादेशसँग १–० ले पछि परेको छ। प्हिलो हाफको आठौँ मिनेटमा नै नेपाल १–० ले पछि परेको हो। बंगलादेशका सुमन रेजाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यसअघि बंगलादेशका खेलाडीले नवयुग श्रेष्ठलाई लडाएपछि नेपालले फ्रि किकको अवसर पाएको थियो। तर नेपालले त्यसको सदुपयोग गर्न सकेन।
आजको खेलमा नेपालले जित निकालेमा वा बराबरीले पनि नेपाल फाइनलमा पुग्नेछ। बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित निकाल्नै पर्ने दबाब छ।
66
Shares

प्रतिक्रिया