ad ad

खेल


विश्व कीर्तिमानी धावक तिरोप घरमै छुरा हानिएको अवस्थामा मृत

विश्व कीर्तिमानी धावक तिरोप घरमै छुरा हानिएको अवस्थामा मृत

फाइल तस्बिर : केन्याकी धावक एग्नेस तिरोप


नेपालखबर
असोज २७, २०७८ बुधबार १७:५३, काठमाडौँ

दुईपटक विश्व च्याम्पियन कास्य पदक विजेता केन्याकी धावक एग्नेस तिरोप आफ्नै घरमा मृत फेला परेकी छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २५ वर्षीया खेलाडी तिरोप आफ्नो निवासमै छुरा हानेको अवस्थामा मृत भेटिएकी हुन्। 

उनले २०१७ र २०१९ मा १०००० मिटरको विश्व च्याम्पियनसिप दौड प्रतियोगिताको कास्य पदक जितेकी थिइन्।

एथलेटिक्स केन्याकी अध्यक्ष बर्नाबा कोरिरले इटेन इल्गेओ काउन्टीमा उनको मृत्यु भएको बताएकी छन्। 

घटनाको वास्तविकताबारे केन्या प्रहरीले अहिलेसम्म केही नबताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .