ad ad

खेल


साफ च्याम्पियनसिप: बगंलादेशविरुद्ध नेपाली टोलीमा ३ खेलाडी परिवर्तन

साफ च्याम्पियनसिप: बगंलादेशविरुद्ध नेपाली टोलीमा ३ खेलाडी परिवर्तन

नेपालखबर
असोज २७, २०७८ बुधबार १६:३२, काठमाडौँ

साफ च्याम्पियनसिप अन्तर्गत बगंलादेशविरुद्धको खेलमा नेपाली टोलीमा ३ खेलाडी परिवर्तन भएको छ।

लिग चरणको अन्तिम खेलमा भारतसँग खेलेको टोलीबाट मुख्य प्रशिक्षब अब्दुल्लाह अलमुताइरीले ३ खेलाडी परिवर्तन गरेका हुन्। 

आजको खेलमा अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठले सुरुवाती ११ मा स्थान बनाउँदा मनिष डाँगी, सुमन अर्याल र सुमन लामा बेन्चमा छन्। 

गोलरक्षकमा कप्तान किरण चेम्जोङ नियमीत रहँदा डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ, मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङ तथा रोहित चन्द छन्। फरवर्डमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन्। 

नेपालले आजको खेलमा जित निकाले वा बराबरीले मात्रै पनि फाईनल पुग्नेछ। बगंलादेशसँग भने जितको विकल्प छैन। 

आजै हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन्। यो खेलको विजेताले पनि फाइनलमा स्थान पक्का गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .