क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि सानदार जित निकालेको छ। विश्वकप छनोट अन्तरर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले ५ गोलको वर्षा गरेको हो। लक्जम्बर्गले पोर्चुगलविरुद्ध एक गोल पनि गर्न सकेन।
खेलमा रोनाल्डोले ह्याट्रिक गरेका छन्। आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाए। १७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले टीमको लागि अर्को गोल थपे। दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले पुनः अर्को गोल थप्दै ह्याट्रिक गरे।
लक्जम्बर्गमाथि तीन गोलसँगै रोनाल्डो अन्तर्राष्ट्रिय गोल संख्या ११५ गरेको छ। गएराति नै भएको अर्को खेलमा सर्बियाले अजरबैजानलाई ३–१ गोल अन्तरले हराएको छ।
6
Shares

प्रतिक्रिया