फिफा विश्वकप फुटबल प्रतियोगितको दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान अर्जेन्टिनाले उरूग्वेलाई सजिलै हराएको छ।
खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गर्दा कप्तान लियोनेल मेस्सीले देशका लागि ८० औँ गोल गरे।
अर्जेन्टिनाको जितमा कप्तान मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे।
खेलको ३८ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। ४४ औं मिनेटमा मिड फिल्डर पाउलले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रतामा बढाए।
खेलको ६२ औं मिनेटमा मार्टिनेजले गोल गरेपछिप अर्जेन्टिनाले ३-० को जित पक्का गर्यो। यस जितसँगै अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोड्दै समूहको दोस्रो स्थानमा यथावत छ। उरुग्वे ११ खेलमा १६ अंक जोडेर चौथो स्थानमा छ।
90
Shares

प्रतिक्रिया