खेल


दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

नेपालखबर
असोज २५, २०७८ सोमबार ६:१, काठमाडौँ

चेन्नई सुपर किंग्स इन्डियन्स प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई आईपीएलको फाइनलमा पुगेको हो।

दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको हो। 

चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ६३ रन बनाए भने रुतुराज गायकवाडले ७० रन बनाए। त्यस्तै मोइन अलीले १६ र कप्तान महेन्द्रसिंह धोनीले ६ बलमा अविजित १८ रन बनाए। 

दिल्लीका बलर टम कुरानले ३ तथा एनरिच नोर्त्जे र आभेश खानले एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो।

दिल्लीका लागि पृथ्वी शाले ६० रन तथा कप्तान ऋषव पन्तले अविजित ५१ रन बनाए। यसैगरी शिमरोन हेटमायरले ३७ रन तथा अक्सर पटेलले १० रन बनाए।

यस्तै चेन्नईका बलर जोस हजेलवुडले २ विकेटतथा रवीन्द्र जडेजा, मोईन अल्ली र डवाने ब्राभोले एक/एक विकेट लिएका थिए। 

पराजित दिल्लीलाई दोस्रो क्वालिफायर खेल्न मौका छ। जसअनुसार उसले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad