मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत लगातार दुई खेल जितेको नेपाल भारतसँग भने हारेको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले हारेको हो।
भारतसँग हारे पनि नेपाललाई फाइनल पुग्ने अन्तिम मौका बाँकी छ। नेपालले अब आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। जुन खेल जिते नेपाल फाइनलमा प्रवेश गर्नेछ भने हारे प्रतियोगिताबाटै बाहिरिनेछ।
खेलको ८२औं मिनेटमा भारतीय फुटबल टोलीका कप्तान सुनीलले गरेको एक गोल नै भारतको जितका लागि निर्णायक बनेको हो।
नेपालले पहिलो खेलमा आयोजक एवं साविक विजेता माल्दिभ्सलाई १–० तथा दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो।
258
Shares

प्रतिक्रिया