साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल अहिले जारी छ।
नेपालले आफ्नो तेस्रो खेलमा भारतसँग भिडिरहेको हो। माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्।
माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपालले बलियो टोली भारतलाई गोलरहित बराबरीमा रोकेको छ।
नेपालविरुद्ध भारतले अग्रता बनाउने सन् दर मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन।
नेपाली समय अनुसार ९:४५ बजेदेखि सुरु भएको खेलमा भारतलाई जित्नै पर्नै बाध्यता छ। तर नेपालले भने भारतलाई बराबरीमा रोके पनि अघि बढ्न सहज हुनेछ।
आजको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक अदुल्लाह अलमुताईरीले अन्जन विष्ट, विशाल राई र नवयुग श्रेष्ठलाई बेन्चमा राखेका छन्।
मनिष डाँगी, दीनेश राजवंशी र सुजल श्रेष्ठलाई सुरुवाती एघारमा समेटेका छन्। नेपालले आजको खेलमा जित निकाले एक खेल अगावै फाइनल पुग्नेछ।
नेपालसँग पराजित भएमा भारत फाइनल प्रवेशबाट चुक्नेछ। साफ च्याम्पियनसिपमा नेपाल र भातरबीच ६ पटक भेट भएको छ।
साफमा ५ खेलमा भारले जित निकाल्दा १ खेलमा नेपालले जित निकालेको छ। सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ ले हराएको थियो।
जारी साफको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो। नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो पटक फाइनलमा पुग्ने बाटोमा छ।
उता भारत भने बंगलादेश र श्रीलङ्कासँगका दुवै खेलमा बराबरीमा रोकिएर दुई अंकमा सीमित भएको छ।
Shares

प्रतिक्रिया