एभरेष्ट प्रिमियर लिग (इपीएल) को एलिमिनेटर खेलमा बुधबार भैरहवा ग्लाडियर्टस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर ब्याटिङ रोजेको छ।
अंक तालिकाको तेस्रो स्थानमा रहेर भेरहवाले एलिमिनेटरमा स्थान बनाएको हो। उता लिग चरणको अन्तिम खेलमा वर्षाले आउट फिल्ट भिजेका कारण भैरहवासँग अंक बाँडेको काठमाडौले चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान पक्का गरेको थियो।
आजको खेलको विजेताले दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजसँग खेल्नेछ। पोखराले भने पहिलो क्वालिफयर खेलमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो।
दोस्रो क्वालिफायर खेल बिहिबार सवा १२ बजे हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन पहिलो पटक इपीएलको फाइनलमा पुगेको हो। उपाधि भिडन्त शनिबार हुनेछ।
Shares

प्रतिक्रिया