समाज


संखुवासभा घटनाका पाँच अभियुक्त पक्राउ गर्ने दुई प्रहरीलाई एक लाखको पुरस्कार

संखुवासभा घटनाका पाँच अभियुक्त पक्राउ गर्ने दुई प्रहरीलाई एक लाखको पुरस्कार

नेपालखबर
असोज २०, २०७८ बुधबार १३:१५, काठमाडौँ

संखुवासभाको मादी नगरपालिका-१ खोला गाउँका एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरी कानुन दायरामा ल्याउने दुईजना प्रहरीलाई एक लाख रूपैयाँको पुरस्कार प्रदान गरिएको छ। 

गत भदौ २१ गते भएको मादी हत्याकाण्डका पाँचै अभियुक्त पत्ता लगाएर पक्राउ गर्न मुख्य भूमिका खेल्ने प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई एक लाख रुपैयाँ राशीको 'साधानादेवी प्रहरी पराक्रम पुरस्कार' प्रदान गरिएको हो। 

उनीहरु दुवैलाई ६६ औँ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोषका संस्थापक डा. विक्रमबहादुर श्रेष्ठले एक लाख रुपैयाँको चेक र प्रशंसा पत्र प्रदान गरे । 

प्रदेश १ मा उत्कृष्ट कार्य गरेवापत पुरस्कृतमध्ये खतिवडा इलाका प्रहरी कार्यालय चैनपुरमा कार्यरत छन्, खड्का प्रदेश १ प्रहरी कार्यालय अनुसन्धान समूहमा कार्यरत रहेका छन्। 

प्रदेश प्रहरीले वर्षभरि उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीमध्येबाट साहसिक र चुनौतीपूर्ण कार्य गर्ने कर्मचारीलाई प्रत्येक वर्ष पुरस्कार दिने गरेको छ। यो साधनादेवी प्रहरी पराक्रम पुरस्कार हरेक वर्ष प्रहरी दिवसको अवसरमा प्रदान गर्ने गरी सम्झौता भएको छ। 

पुरस्कारका कोषका संस्थापक प्राध्यापक श्रेष्ठलाई प्रहरी नायव महानिरीक्षक-अरुण कुमार बिसीले धन्यवाद दिएका छन्। पुरस्कृत खतिवडा र खड्काले आफूबाट सम्पादित कार्यहरुको मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरीको रुपमा छनोट गरिएकोमा खुसी व्यक्त गरे। 

स्वर्गीय माता साधनाको सम्झनामा प्रहरीको मनोबल बढाउने उद्धेश्यले राखिएको पुरस्कारबाट पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा. श्रेष्ठले खुसी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad