इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार राति भएको प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ।
दुबईमा सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हराएको हो। योसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो। दिल्लीको जितमा शिखर धवनले ३९ रन तथा सिम्रन हिटमायरले अविजित २८ रन जोडे भने अक्षर पटेलले २ विकेट लिए।
चेन्नईका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो।
चेन्नईका अम्बाती रायडुले अविजित ५५ रनको अर्धशतकीय पारी खेले।
दिल्लीको १३ खेलमा २० अंक छ भने समान खेलमा १८ अंक ल्याएर चेन्नई दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया