ad ad

खेल


ईपीएलः पोखरासँग पराजित भएपछि काठमाडौं अप्ठ्याराेमा

ईपीएलः पोखरासँग पराजित भएपछि काठमाडौं अप्ठ्याराेमा

फाइल तस्बिर


नेपालखबर
असोज १८, २०७८ सोमबार १७:५९, काठमाडौँ

पोखरा राइनोजसँग डीएल मेथडका आधारमा १४ रनले पराजित भएसँगै एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलाभेन अप्ठ्याराेमा परेको छ। 

१५ ओभरको समाप्तिमा पानी परेपछि रोकिएको खेलमा पोखराले काठमाडौंलाई १४ रनले पराजित गरेको हो। 

काठमाडौंको हारपछि भोलि हुने भैरहवासँगको खेल रोमाञ्चक हुने भएको छ। 

प्लेअफमा स्थान बनाउनका लागि भोलिको खेलमा काठमाडौं जित्नैपर्ने दबाबमा हुनेछ। 

भैरहवासँगको खेलमा पराजित भएमा काठमाडौं लिग चरणबाटै बाहिरिनेछ भने साबिक विजेता ललितपुर प्याट्रियट्सले एलिमिनेटरमा स्थान बनाउनेछ। 

भैरहवाले जित निकालेको खण्डमा क्वालिफायर खेल्नेछ भने पराजित भएमा एलिमिनेटर खेल्नेछ। 

१ सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो। 

हार नजिक पुगेको पोखराका लागि विवेक यादवले आक्रमक ब्याटिङ गर्दै जित नजिक लगेका थिए। विवेकले २८ बलमा ४ चौका र २ छक्का हान्दै ४१ र लोकेश बमले ८ बलमा ३ चौका मद्धतमा १८ रन बनाएर खेलिरहेका थिए।  

५ दशमलव ५ ओभरमा ४–३६ को अवस्थानमा रहेको पोखराका लािग सहान यादव र सहान अराचिगेले ७७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। लगातार विकेट पतनपछि पोखरा दबाबमा आएको थियो। २३ बलको सामना गरेका सहानले ४ चौका र ३ छक्का मद्धतमा ४३ रनको योगदान गरे। 

पोखराका ओपनर रिर्चाड लेभीले १७ रन थपे। रित गौतम २, कप्तान विनोद भण्डारी ५ रन थपे। असेला गुणारत्ने शून्य रनमा आउट भए। 

काठमाडौका जितेन्द्र मुखिया र गुल्सन झाले समान २ विकेट लिए। कप्तान सन्दीप लामिछानेले एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय  ८२ रनको योगफल तयार पारेको थियो।  

दोस्रो विकेटका लागि अमिल श्रेष्ठ र रायन वर्लले १ सय ६ रनको साझेदारी गरे। अमित श्रेष्ठ ५६ रन जोड्दा वोल्ड आउट भए। ४१ बलको सामना गरेका श्रेष्ठले ६ चैका र २ छक्का हाने। श्रेष्ठले ३६ बलमा अर्धशतक पुरा गरे। 

पोखराविरुद्ध अर्धशतक प्रहार गर्दै रायन बर्ल पवेलियन फर्के। रायनले १८ ओभरको पहिलो बलमा अर्धशतक पुरा गरेका थिए। उनले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन। 

४३औँ बलमा उनी नन्दन यादवको बलमा विकेटकिपरको हातबाट आउट भए। 

आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछाने ३१ रनमा क्याच आउट भए। ११ बलको सामना गरेका सन्दीपले २ चौका र ३ छक्का हाने। 

ओपनर रहमुल्लाह गुरवाज १२ रन जोड्दा रन आउट भए। ४ बलको सामना गरेका उनले २ छक्का हाने। अमर राउटेलले ७ रन थपे। 

९ बलको सामना गरेका सुवास खकुरेल २ रनमा एलबीडब्लु धरापमा परे। असान प्रियञ्जन ५ रनमा एलबीडब्लु आउट भए। राजु रिजाल शुन्य रनमा पवेलियन फर्के। गुलसन झा १ रनमा नटआउट रहे। 

पोखराका विवेक यादवले ३ तथा विक्रम सोव नन्दन यादव, किशोर महतो र सहान अर्चाचिगेले समान एक विकेट लिए। 

यस्ताे छ अंक तालिका
लिग चरणमा ५ खेल खेलेको चितवन टाइगर्स ४ खेलमा जित र १ मा हार भोग्लै ८ अंकमा शीर्ष स्थानमा छ। समान ५ खेलबाट ३ मा जित र १ मा बराबरी तथा एक खेलमा अंक बाँडेको पोखरा ७ अंमा दोस्रो स्थानमा उक्लिएको छ। 

एक खेल कम खेलेको भैरहवा ग्लाडियटर्स २ जित १ बराबरी वर्षाका कारण एक खेलमा अंक बाँड्दै ६ अंकमा तेस्रो स्थानमा छ। 

५ खेलबाट १ मा जित, १ मा बराबरी र ३ खेल हारेको ललितपुर प्याट्रियट्स ३ अंकमा चौथो, एक खेलमा जित ३ मा हार भोगेको काठमाडौ २ अंकमा पाँचौ स्थानमा छ। 

५ खेल खेलेको विराटनगर वारियर्स १ मा जित र ४ खेलमा हार भाग्दै अंक तालिकाको पुछारमा रहेर लिग चरणबाटै बाहिरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .