खेल


काठमाडौंलाई पराजित गरे पनि ईपीएलबाट बाहिरियो विराटनगर

काठमाडौंलाई पराजित गरे पनि ईपीएलबाट बाहिरियो विराटनगर

नेपालखबर
असोज १७, २०७८ आइतबार १४:४४, काठमाडौँ

विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको यात्रा सकाएको छ। 

विराटनगरले एक  सय ५ रनको लक्ष्य दिए पनि काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्याे। 

काठमाडौंका विकेट किपर रहमानउल्लाह गुरबाज १५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा आउट भए। 

राजु रिजाल १५ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे। सुबास खकुरेल १० बलमा ३ छक्का सहित २६ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त हुन सकेन। 

विराटनगरका रायनखान पठानले सर्वाधिक २ विकेट लिए । प्रतिश जि।सी ले १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ  थालेको  विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो। विराटनगरका अनिल १६ बलमा २ चौका र ५ छक्कासहित ४५ रनमा अविजित रहे।  

ओपनर रयानखान पठान ११ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाउँदै आउट भएका थिए।  

करण केसी ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । सौरभ खनाल ५ रनमा अविजित रहे। 

काठमाडौंका रायन बर्ल, गुलशन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

 जितसँगै विराटनगर ५ खेलमा ४ मा हार र १ मा जितसहित २ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ। 

काठमाडौंले  भने प्लेअफमा स्थान बनाउन बाँकी दुवै खेलमा जित निकाल्नुपर्ने हुन्छ। काठमाडौंले सोमबार पोखरा राइनोजसँग खेल्नेछ। 

अंक तालिकामा स्थान
चितवन ३ खेलमा  ६ अंकका साथ शीर्षस्थानमा छ । पोखरा ४ खेलमा २ जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ। 

भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ तेस्रो स्थानमा छ। 

ललितपुर ४ खेलमा १ मा जित, २ मा हार सहित ३ अंक जोड्दै बाँड्दै चौथो स्थानमा छ। काठमाडौं ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा छ। 

विराटनगर वारियर्स ५ खेलमा ४ मा हार  र १ मा जितसहित पुछारमा रहँदै बाहिरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad