खेल


पोखरामाथि शानदार जित निकाल्दै चितवन प्लेअफमा

पोखरामाथि शानदार जित निकाल्दै चितवन प्लेअफमा

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १७:१६, काठमाडौँ

मोहम्मद शहजाद र भीम सार्कीको शतकीय साझेदारीमा पोखरा राइनोजमाथि ९ विकेटको फराकिलो जित निकाल्दै चितवन टाइगर्स काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ। 

शानदार जितसँगै चितवन प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो। ईपीएलमा अपराजित रहेको चितवनले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। 

चितवनसँग पराजित भए पनि पोखराको प्ले अफ पुग्ने सम्भावना बलियो छ। 

शुक्रबार पोखरा राइनोजले दिएको १ सय २४ रनको मध्यम लक्ष्य चितवनले १४औँ ओभरको चौथो बलमा १ विकेटको क्षतिमा भेट्टायो। 

दोस्रो विकेटका लागि मोहम्मद शहजाद र भीम सार्कीले १ सय २२ रनको अविजित साझेदारी गरेपछि चितवनले पोखरामाथि सहज जित निकालेको हो।  

चितवनका लागि मोहम्मद शेहजाद ६३ र र भीम सार्की ५३ रनमा नटआउट रहे। 

शहजादले ५२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। भिम सार्कीले ४२ बलमा ५ चौका र २ छक्का हाने। ओपनर इशान पाण्डे शुन्य रनमा नै पवेलियन फर्के। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार पारेको थियो। 

विवेक यादव ५३ र केस्रिक विलियम्स २ रनमा नटआउट रहे। पोखराका लागि विवेक यादवले ५३ रनको महत्वपुर्ण योगदान दिए। ४५ बलको सामना गरेका विवकेले ३ चौका र ३ छक्का हाने। 

लगातार विकेट पतकपछि दबाबमा आएको पोखराका लागि छैटौँ विकेटका लागि असेला गुणारत्ने र विवेक यादवले ५६ रनको साझेदारी गरे। असेला गुणारत्ने २५ रनमा रन आउट भए। 

ओपनर रिचार्ड लेभीले २० रन थपे। लोकेश बम ८, कप्तान विनोद भण्डारी ५ र रित गौतमले २ रन थपे। सुनिल धमाला शुन्य रनमा रनआउट भए। 

चितवनका साहब आलम र कमल ऐरीले समान २ तथा सोमपाल कामीले एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad