ad ad

फोटोफिचर


सुरु भयो एमालेको पहिलो विधान महाधिवेशन (फोटो फिचर)


विक्रम राई
असोज १५, २०७८ शुक्रबार १३:४५, काठमाडौँ

नेकपा एमालेको इतिहासमै पहिलो पटक विधान महाधिवेशन सुरु भएको छ। 

शुक्रबारदेखि तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय हलमा भइरहेको विधान महाधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। 

उनले विधान महाधिवेशनको उद्घाटन पानसमा बत्ती बालेर गरेका हुन्। त्यस्तै उनैले आफ्नो मोबाइलको बटनमा क्लिक गरेर पनि महाधिवेशनको उद्घाटन गरे।

यो विधान महाधिवेशनमा ओली नै प्रधानमन्त्री हुँदा शिलान्यास र उद्घाटन गरिएको सनराइज हलमा सुरु भएको हो।

एमालेको विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। सहभागीमध्ये आधा संख्या हलमा अट्ने छन् भने आधालाई हल बाहिर राखिँदैछ। यो हल क्षेत्रमा एमालेका करिब ८ हजार नेता कार्यकर्ता उपस्थित छन्। 

सम्मेलनका सहभागीलाई लैजान ललितपुरको सातदोबाटोबाट सवारीसाधनको व्यवस्था गरिएको छ। अध्यक्ष ओलीलाई बालकोटबाट स्कर्टिङ गरेर गोदावरीसम्म लगिएको थियो।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .