समाज


भरतपुरको सडकबाट तीनसय जनाको उद्धार

भरतपुरको सडकबाट तीनसय जनाको उद्धार

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १४:४६,

चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको छ।

मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा शनिवार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिने भएको हो। यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बन्ने छ।

 सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको छ। सो क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ।

उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। महानगरकी प्रमुख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलंकको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गास, बास र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

मुलुकका १४ जिल्लामा आश्रम खोली करीब दुई हजार बेसहारालाई सडकबाट उद्धार गरिएको र तीमध्ये ८०० लाई परिवारमा पुनःमिलन गराई सकिएको मानवसेवा आश्रमले जनाएको छ।

अध्यक्ष अधिकारीले भने, ‘सीमित स्रोत साधनको प्रयोग र जनमत संकलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नांगै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad