काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी प्रतियोगिताअन्तर्गत आज (सोमबार) काठमाडौं किङ्स–११ ले दोस्रो खेल खेल्दै छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किङ्स–११ ले आइतबार पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई सहजै हराएको थियो।
त्यसपछि आज ऊ विराटनगर वारियर्ससँग प्रतिस्पर्धा गर्ने भएको हो। आज पनि काठमाडौं सहज जित हासिल गर्ने योजनामा छ।
विश्व चर्चित क्रिकेटर शाहिद अफ्रिदीको साथ पाएको काठमाडौं ईपीएलको उपाधि दाबेदार टोली हो।
काठमाडौं र विराटनगरबीचको खेल अहिले बिहान ९:३० बजे सुरु हुँदै छ।
आजै हुने अर्काे प्रतिस्पर्धामा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन्। पहिलो खेल जितेको चितवन आजको दोस्रो प्रतिस्पर्धामा पनि सहज जित हासिल गर्ने योजनामा छ।
भैरहवा र चितवनबीचको प्रतिस्पर्धा दिउँसो १:३० बजे सुरु हुनेछ।
अघिल्लो चरणमा प्रेवेशका लागि चितवनले आजको खेलमा जित्नैपर्छ।
यस्तै पहिलो खेलमा अंक बाडेको भैरहवा पनि आजको खेल जित्ने दाउमा रहनेछ।
आइतबार भएको पहिलो खेल वर्षाका कारण बीचमै रोकिएपछि भैरहवाले पोखरासँग अंक बाँडेको हो।
Shares

प्रतिक्रिया