खेल


एनभीए भलिबल च्याम्पियनसिप: आर्मी, पुलिस र एपीएफको विजयी सुरुवात

एनभीए भलिबल च्याम्पियनसिप: आर्मी, पुलिस र एपीएफको विजयी सुरुवात

नेपालखबर
असोज १०, २०७८ आइतबार १८:५६, काठमाडौँ

विभागीय टोलीत्रय त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोट्र्स क्लबले छैटौं संस्करणको एनभीए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबारदेखि सुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो। 

प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेटमा २५–१८ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो। 

तेस्रो खेलमा बाग्लुगको गल्कोट स्पोट्र्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकालल्दै विजयी सुरुवात गर्न सफल भयो। पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ। 

पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ एकपक्षीय जित निकाल्यो।

च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने छ। च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ।

टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गल्कोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ। बूढानीलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोट्र्स क्लबसँग खेल्नेछ। महिलातर्फको खेल १२ असोजदेखि सुरु हुनेछ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ। पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। 

समूह एमा टिप टप हेल्प नेपाल स्पोट्र्स क्लब, प्रदेश नम्वर २, बागमती प्रदेश र गल्कोट स्पोट्र्स क्लब रहेका छन्। समूह बीमा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन्।

समूह सीमा त्रिभुवन आर्मी क्लब, नयाँबजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह डीमा नेपाल एपीएफ क्लब, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोट्र्स क्लब रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल एपीएफ क्लब, ढोरपाटन स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब रहेका छन्। 

समूह बी मा होंगान्जी न्यु डायमन्ड स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब, रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। 

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ।

च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन्। दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन्। 

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन्। हरेक विधा ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक० ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलामा विभागीय नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो। त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यू डायमन्ड च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad